सागमा इतिहास रच्दै नेपाल, दुई दिनमा जित्यो १५ स्वर्ण

समाज अनलाइन
;
१७ मंसिर २०७६, मंगलवार १०:१२

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा आयोजक राष्ट्र नेपालले इतिहास रच्ने भएको छ । खेलको सुरुवातमै १५ वटा स्वर्ण जितेर खेलकूदमा आफूलाई अब्बल देखाउन सफल हुने भएको छ ।

दोस्रो दिन सोमबार छिनोफानो भएको २४ मध्ये नेपालले सर्वाधिक १५ स्वर्ण प्रथम स्थान हासिल गर्न सफल भएको छ । सोमबार नेपालले रजत पदक जित्दै दिनको शुरुवात गरेकोमा अन्त्यमा स्वर्ण जित्दै शुभसाँझ मनाएको थियो ।

सोमबार दिनैभर सातदोबाटोबाट नेपालको लागि खुशीको खबर आइरहँदा कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २–२ स्वर्ण जितेर नयाँ रेडर्क कायम गरेका छन् ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *