आधा सेकेन्ड ढिलो हुँदा भारतसँग हारिने नेपाली पौडीबाज गौरीका

समाज अनलाइन
;
२१ मंसिर २०७६, शनिबार २१:१७

काठमाडौं । काठमाडौंमा जारी १३ औं साग खेलकूद प्रतियोगितमा रोमाञ्चक हार र जीत हात पार्ने क्रममा रहेको नेपालले शनिबार आधा सेकेण्डले एउटा स्वर्ण पदक गुमाउनु परेको छ ।

नेपालमा जन्मेर बेलायतमा बस्दै आएकी नेपाली पौडीबाज नामले चिनिएकी गौरीका सिंह १०० ब्याक स्ट्रोक पौडी प्रतियोगितामा आधा सेकेण्डले पराजय भोगेकी छिन् । त्यो पनि भारतसँग । उक्त पराजयले नेपाली जनताको मन कुडिन पुगेको छ । नेपाली सीमा भारतले मिच्दै आएको सन्दर्भमा गौरीका सिंह आधा सेकेण्डले भारतसँग हारेपिछ सातदोबाटोस्थित पौडी पोखरीमा उपस्थित भएका नेपाली समर्थक स्तब्ध बन्न पुगे ।

जलपरी गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी छन् । गौरीकाले भारतकी मन्ना राजिव पटेलभन्दा आधा सेकेण्ड समयले पछि परेकी हुन् । पटेलले १०० मिटर दुरी ६२.३५ सकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन भने  गौरीकाले ६३.१५ सेकेण्डमा उक्त दुरी पार गरेकी थिईन् ।

गौरीकाले काठमाडौं जारी दक्षिण एसियाली खेलकुद (साग)मा अन्तर्गतको २०० मिटर ब्याकस्ट्रोक र फ्रिस्टयालमा स्वर्ण जितिसकेकी छिन् ।

 

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *