विमानस्थलमा अध्यागमनको दादागिरी, विश्व च्याम्पियनशीपमा भाग लिन जाने खेलाडी फर्काइयो

समाज अनलाइन
;
२९ मंसिर २०७६, आईतवार ०९:२२

काठमाडौं । नेपालको अध्यागमन विभागको दादागिरीका कारण हिजोदेखि कजाकस्तानमा सुरु भएको एक विश्वस्तरीय प्रतियोगिता खेल्नबाट नेपाली खेलाडीहरु बञ्चित भएका छन् । हाल नेपालमा औपचारिक रुपमा दर्ता नभइसकेको र वल्र्ड च्याम्पियनशील खेल आयोजकले मान्यता दिएकाले सो प्रतियोगिताभा भाग लिन जान लागेको खेलाडी तथा प्रशिक्षकलाई गत मंसिर २६ गतेदेखि विदेश उड्न नदिई फर्काइएको पाइएको छ ।

सो सम्बन्धमा खेलाडी तथा प्रशिक्षकहरुले शनिबार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका छन् । स्वतन्त्र रुपमा आवत जावत गर्न पाउने संवैधानिक हकका विरुद्धमा अध्यागमन विभागका कर्मचारीले व्यवहार गरेको खेलाडी माधव कुलुङ राईले बताए ।

कजाकस्तानमा हिजोदेखि भव्य रुपमा वल्र्ड कजाख् कुरेसी च्याम्पियनसीप प्रतियोगिता सुरु भइसकेको छ । यसअघि पनि नेपालले भाग लिएको सो च्याम्पियनशीपमा यस पटक भने अध्यागमन विभागको लापरवाहीका कारण रोकिएको छ ।
उक्त प्रतियोगितामा भाग लिनको लागि नेपाली खेलाडी तथा प्रशिक्षकहरु यही मंसिर २६ गते त्यसतर्फ प्रस्थान् गर्न लागेका थिए । तर, अध्यागमन विभागले खेलाडी तथा प्रशिक्षकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको पीडितहरुले जानकारी दिए । एक खेलाडीले भने, ‘संसारमा अर्बौ रुपैयाँको व्यापारमा देशको झण्डा हुँदैन, तर खेल यस्तो माध्यम हो, जो देशको झण्डासँग खेलिन्छ, देशको झण्डा फहराइन्छ, खेलका महत्व नै नबुझ्नेहरु अध्यागमनमा भएपछि देशको झण्डा फहराउन पाएनौं ।’

प्रतियोगितामा भाग लिनको लागि प्रशिक्षक गणेश बहादुर कुँवर, खेलाडीहरु ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मान जित लामा जान लागेका थिए । उनीहरुले आफूहरुलाई बिना कारण विमानस्थलका अध्यागमन बिभागले रोक लगाएकोमा दु :ख व्यक्त गरेका हुन् । उक्त प्रतियोगितमा विश्वभरिका १ सय १६ भन्दा बढि देशबाट खेलाडीहरुको सहभागिता भइरहेको छ । तर, नेपाली खेलाडीहरु छनौट हुँदापनि खेल्न जान नपाउँदा आश्चर्य चकित परेका छौं । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई कजाख् कुरेसी च्याम्पियनसिपले सम्पूर्ण स्पोन्सर गरेतापनि नेपालको अध्यागमन बिभागले बिनाकारण रोक लगाएको प्रशिक्षक कुँवरले गुनासो पोखे ।

खेलाडीसंग भिसा पेपर, इन्भिटेसन लेटर, एयर टिकट र होटल बुकिङको सक्पूर्ण कागजजात साथैमा थियो । तर, अध्यागमन बिभागले राष्ट्रिय खेलकुद परिषदको पत्र नभएको कारण देखाएर खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा भाग लिनबाट रोक लागाएको उनीहरुको गुनासो छ ।

प्रशिक्षक तथा खेलाडीहरुले प्रतियोगितामा सहभागी हुन नपाएको र आफ्नो देशको झण्डा उठाउन नपाएकोमा दु ःख व्यक्त गरेका छन् । प्रतियोगितमा भाग लिनबाट बञ्चित खेलाडी माधव राईले आफूहरुसँग सबै आवश्यक कागजात हुँदापनि प्रतियोगितमा सहभागी हुनबाट रोकिएकोमा गुनासो पोखे । उनले भने, ‘राष्ट्रको लागि खेल्न जान लागेका हामी खेलाडीहरुलाई अध्यागमनले अपमान गरेको छ । यसले हामीलाई साह«ै दुःखी तुल्याएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*