मलेसियाको मासु कारखानामा एक नेपालीको मृत्यु

समाज अनलाइन
;
१४ पुष २०७६, सोमबार २३:५४

काठमाडौं । घरपरिवारको दैनिकी सहज बनाउन रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीको मासु कारखानामा मेशिनमा परेर मृत्यु भएको छ । मलेसियाको मलक्का राज्यमा कार्यरत् ४७ बर्षिय एक नेपाली कामदारको सोमबार मासु प्रशोधन मेशिन मर्मत गर्दै गर्दा एक्कासी अन भएपछि मृत्यु भएको हो ।

नेपाली कामदार मलाक्काका मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन फेक्ट्रीमा काम गरिरहेका बेला सो दुर्घटना भएको अन्तराष्ट्रिय समाचार एजेन्सी गल्फ न्यूजले एएफपीलाई उध्रित गर्दै जनाएको छ ।

घटनामा अन्य तीन कामदार मेशिनमा रहेको भएपनि उनीहरुलाई भने केही नभएको जनाइएको छ । मलेसियामा झण्डै तीन लाख ६० हजार नेपाली कामदार कार्यरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*