सुदर्शन सहकारी मापदण्ड विपरित, साधारणसभाबाट पारित नै नगराई सेवा केन्द्र सञ्चालनमा

समाज अनलाइन
;
१५ पुष २०७६, मंगलवार १९:१६

मोरङ । मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७५/०७६ को वार्षिक कार्ययोजनामा प्रस्ताव राखेर साधारणसभाबाट पारित नै नगराई पथरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको खुलेको छ ।

सस्थाले ९ औं वार्षिक साधारण सभा असोज ११ गते शनिवार उर्लाबारी ७ को उर्लाबारी पार्टी प्यालेसमा गरेको थियो । सहकारी संस्थाले सदस्यहरूलाई पठाएको साधारण सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पुस्तिकामा उल्लेख भएका छलफलका विषयमा समेत छलफल नभएको शेयर सदस्यहरू बताउँछन् ।

प्रतिवेदनमा प्रस्ताव नं. १ मा अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन माथि छलफल उल्लेख गरिएको छ । तर पुस्तकमा गत वर्षको प्रगती प्रतिवेदन र चालु आवको प्रस्तावित काय्र्र योजना नै प्रस्तुत गरिएन । अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन भनेर चुक्ता पूँजी,कुल निक्षेप, कूल कर्जा तथा सापटी , कुल आम्दानी , सञ्चालन मुनाफा र कुल कारोवारका प्रतिवेदन मात्रै प्रस्तुत गरियो ।

विषय सूचीमा उल्लेख गरिएका छलफलका विषय नै साधारण सभामा छलफल नै नगराई कम्पनी शैलीबाट साधारण सभा सम्पन्न गर्ने गरेको सहभागिहरू बताउँछन् । पुस्तिकामा छलफलको चौथो नम्वरमा आव ०७५÷०७६ मा सञ्चालक समितिको निर्णयले भएका गरेका सम्पूर्ण कार्यहरूको अनुमोदन गर्ने उल्लेख छ । तर प्रतिवेदनमा के के निर्णय भए र के के अनुमोदन गर्नुपर्ने भन्ने उल्लेख छैन ।

सामान्यतया साधारण सभा भन्दा अघि कुनै ठूलो निर्णय गर्नु पर्नु अवस्थामा मात्र बैठकले निर्णय गरी त्यो विषय साधारण सभामा टेवुल गरी पारित गराउनु पर्ने कानूनी ब्यवस्था छ । छलफलको सातौं र आठौं बुदामा क्रमश शेयर सदस्य र कर्मचारीलाई बोनस वितरणको कुरा उल्लेख छ । तर, गत वर्षको प्रगति प्रतिवेदनमा गत आवमा कति प्रतिशत बोनस वितरण गरियो भन्ने उल्लेख गर्न सहकारीले आँट गरेको छैन् ।

अझ रोचक पक्ष त सहकारी संस्थाको विनियम संसोधन र कोष ब्यवस्थापनको विषयलाई त छलफल मै लगिएन । पुस्तिकामा स्पष्ट देखिने गरी विनियमको कुन कुन परिच्छेदले कार्य सञ्चालनमा बाधा पु¥यायो र त्यसको सट्टामा के के थप्नु पर्ने भयो ।
त्यसको कारण समेत खुलाई वार्षिक प्रतिवेदनमा उल्लेख गर्नु पर्ने कानूनी ब्यवस्था छ । विनियम संसोधन र कोषको व्यवस्थापनका विषयमा समेत सहकारीले खुलेर बोल्ने आँट गरेको छैन् । सहकारीमा कोषाध्यक्ष र ब्यवस्थापक कोषको जिम्मेवार ब्यक्ति हुन्छन् ।

गत असोज ११ गते ९ औं साधारण सभाका अवसरमा प्रस्तुत गरिएको प्रतिवेदनमा मात्र संस्थाको सञ्चालक समिति ७ सदस्यीय भएको उल्लेख छ । ६ हजार ३१३ जना शेयर सदस्य रहेको सहकारीमा ७ सदस्यीय सञ्चालक समिति छ । त्यसमा पनि सञ्चालक समितिको नाम कतै उल्लेख छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*