जापानिज भाषा पढेका एक हजारलाई रोजगारीको अवसर

समाज अनलाइन
;
१९ पुष २०७६, शनिबार १७:३६

काठमाडौं । जापानिज भाषा पढेकाहरुलाई बैदेशिक रोजगारी अवसर छ । आकर्षक तलवमा जापान सरकारले औपचारिक रुपमा नेपालीहरुलाई लैजान जापान फाउण्डेशनले आवेदन माग गरेको छ । भाषा परिक्षा पास भएमा एक हजारभन्दा बढि नेपालीले केयर गिभरमा जापान जान पाउनेछन् ।

जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउने जापान फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका अनुसार यही जनवरी ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा परीक्षा सञ्चालन हुनेछ । त्यस्तै मार्चमा ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारिखमा पनि परीक्षाको मिति तोकिएको छ ।

यसैवर्ष देखि नेपालीलाई लैजाने घोषणा गरेको जापानले यसअघि कात्तिक सञ्चालन गरेको भाषा परीक्षामा ५६ जना नेपाली उत्तीर्ण भएका थिए । आवेदन दिनेहरुको परिक्षा डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्ग्वेज इन्स्टिच्यूटमा परिक्षा केन्द्र तोकिएको छ । कूल २५० पूर्णाङ्कको परीक्षामा २ सय अंक आएर उत्तीर्ण गराइने सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*