इरान–अमेरिका आमने–सामनेपछि काठमाडौंमा आपतकालिन बैठक

समाज अनलाइन
;
२१ पुष २०७६, सोमबार १०:२९

काठमाडौं । अमेरिका र इरानबीच इराकमा द्धन्द बढ्दै जाँदा नेपालमा तनाव बढेको छ । दुई देशका बीचमा उत्पन्न तनावले युद्ध नजिक रहेको संकेत गरिरहँदा खाडी मुलुकमा रहेका झण्डै १५ लाख नेपालीलाई कसरी उद्धार गर्ने भन्नेमा तनाव सुरु भएको हो ।

आइतबार एउटा आपतकालिन बैठक राखेर इरान र अमेरिकाबीच सम्भावित युद्ध र त्यसले पार्ने प्रभाव र नेपालले गर्ने उद्धारको विषयमा छलफल गरिएको छ । छलफलमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, दुवै मन्त्रालयका सचिवहरु र परराष्ट्रका खाडी क्षेत्र हेर्ने महाशाखा प्रमुख तथा श्रम मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।

उनीहरुले नेपालीहरुलाई कसरी उद्धार गर्ने भन्ने बारेमा छलफल गरेको जनाइएको छ । छलफलपछि परराष्ट्र मन्त्रालयले इरान र इराकमा भएका नेपालीहरुको प्रत्यक्ष सम्पर्कमा रहनका लागि दूतावासलाई निर्देशन दिइएको छ । उनीहरुलाई हरेक क्षणको अवस्थाबारे परराष्ट्र मन्त्री, सचिव र महाशाखालाई जानकारी दिन पनि निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*