दशरथ रंगशालामा तामाशाः फुटबल खेलमा हात हालाहाल

समाज अनलाइन
;
२१ पुष २०७६, सोमबार १९:४०

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा फुटबल खेलको क्रममा खेलाडी तथा समर्थकहरुले तामाशा प्रदर्शन गरेका छन् । जसका कारण प्रहरीले हस्तक्षेप गर्नु परेको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबका खेलाडी तथा दर्शकबीच नै झडपको अवस्था सिर्जना भएको छ ।

खेल सकिए लगत्तै जीत्न नपाएको रिस विपक्षी खेलाडीमाथि पोखेपछि दर्शकहरु नै मैदानमा पुगेर प्रतिवाद गर्दा अवस्था झण्डै अप्रिय हुन पुगेको थियो । समयमा प्रहरीले स्थिति नियन्त्रणमा लिएकाले अप्रिंय घटना भनेहुन पाएन । मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दीपक राईबीच भनाभन भएपछि सुरु विवादमा अन्य खेलाडी तथा दर्शकहरु समेत मैदानमा प्रवेश गरेपछि तमाशा देखिन पुगेको हो ।

तत्कालै प्रहरी मैदानमा उत्रिएर नियन्त्रणमा लिएका हुन् । ९० मिनेटमा २–२ गोल भएपछि थप गरिएको समयमा पनि कुनै गोल हुन नसकेपछि अंक बराबर बाडेका थिए । सोही झोकमा विपक्षी खेलाडीलाई धकेल्दा परिस्थिति अर्कै बन्न पुगेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*