नेपाल प्रहरीमा १४९ इन्स्पेक्टर र ५८४ असईमा भर्ना खुल्यो

इन्स्पेक्टरका लागि २५ वर्ष, स्नातक र असईका लागि १२ कक्षा उत्तिण, २४ वर्षभित्रकाले पाउने
समाज अनलाइन
;
१ माघ २०७६, बुधबार १८:५४

काठमाडौं । नेपाल प्रहरी सिनियर जुनियर अधिकृतमा भर्ना खुल्ला गरेको छ । प्रहरीको आईजीपीसम्म पुग्ने प्रहरी इन्स्पेक्टरमा १४९ जनाका लागि आवेदन खुलेको छ । त्यसैगरी ५८४ जना प्रहरी निरिक्षक र प्रहरी सहायक निरिक्षक पदहरुको लागि दरखास्त आह्वान गरको छ ।

प्रहरीप्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्स्पेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । उल्लेखित मध्ये ८० जना इन्स्पेक्टरले खुल्लामा प्रतिस्पर्धा गर्न पाउनेछन् भने बाँकीमा आरक्षणका कोटा छन् । त्यस्तै प्रहरी सहायक निरिक्षकमा ३१५ जनाले खुल्ला प्रतिस्पर्धा गर्न पाउने छन् भने बाँकीमा महिला, आदिबासी जनजाति, मधेशी र पिछडिएको क्षेत्रलाई छुट्याइएको छ । ईच्छुक र योग्य उम्मेद्वारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*