२४ घण्टा लामो वर्षापछि पनि काठमाडौं आसपासमा हिउ परेन, आजदेखि घाम लाग्ने

समाज अनलाइन
;
४ माघ २०७६, शनिबार १२:१३

काठमाडौं । गत बिहिवार रातिदेखि लगातार २४ घण्टा पानी परेपछि शनिबार राजधानी काठमाडौंको आकाश खुलेको छ । विहानभरि हुस्सुले ढाकेको काठमाडौंमा अहिले भने खुलेको हो । लगातारको वर्षा र चिसोका कारण बादलले ढाकेका काठमाडौं वरपरका डाँडाहरुमा हिऊले सेतै भएको अनुमान गरिएपनि शनिबार विहान हेर्दा कतै हिऊ देखिएन ।

यसअघि १२ घण्टा पानी पर्दा नै हिउ परेको काठमाडौंको मौषम १५ दिनमै ठूलो परिवर्तन आएको देखिएको छ । पश्चिम क्षेत्रमा र उच्च हिमाली भागमा भारी हिमपात भएपनि काठमाडौं आसपासका पहाडहरुमा भने हिमपात नभएको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । यद्यपि दोलखाको कालिन्चोक, सिन्धुपल्चोकको हेलम्बु, रसुवाका उच्च पहाडी भागमा भने हिमपात भएको छ । गत बुधबार राति सुदुरपश्चिमको दार्चुलाबाट नेपाल छिरेको बिनाश मौषमले पूर्वतिर सर्दै जाँदा भने खासै प्रभाव जमाउन नसकेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । मौषमविदका अनुसार बिहिवार विहानसम्ममा उक्त न्यूनचापिय वायु काठमाडौं आएको भए ठूलो हिउ पर्ने थियो । तर, विभिन्न कारणले भएको ढिलाईसँगै पूर्वतिर कम प्रभाव परेको होे ।

विभागले बिहीबारदेखि प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पाकिस्तानको कास्मिरमा ८० भन्दा बढि मानिसको ज्यान लिएर नेपाल छिरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिईन् ।

विभागका अनुसार शनिबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भगामा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको र आइतबारदेखि मौषम खुल्दै जानेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*