राष्ट्रघाती एमसीसी पास नहुने, सभामुख अग्निको यस्तो प्रतिबद्धता

समाज अनलाइन
;
१४ माघ २०७६, मंगलवार ०९:४५

काठमाडौं । नेपालको राष्ट्रिय स्वाधिनतामाथि नै आँच आउने गरी यसअघि नेपाली कांग्रेसले गरेको एमसीसी सम्झौता संसदबाट अनुमोदन नुहने लगभग निश्चित भएको छ । नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाले पदभार ग्रहण गरेकै िदन एमसीसीको पक्षमा अभिव्यक्ति नदिएपछि साम्राज्यवादीहरु चिन्तित बन्न पुगेका छन् ।

सोमवार विहान राष्ट्रपति भवन शितल निवासमा सभामुख पदको शपथ लिएर दिउँसो पदभार ग्रहण गर्दै अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तत्काल संसदबाट पास नगर्ने प्रतिबद्धता जनाएका छन् । पहिलो दिन नै विवादित एमसीसीबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा बहस भइरहेको छ, हतार गर्नु जरुरी छैन ।’ उनले अगाडि भने, ‘यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ, अध्यनन गर्दै जाउँ न, यसलाई अहिले किन हतार गर्नुर्पयो र ?’ सापकोटाको यस्तो प्रतिबद्धतासँगै एमसीसी संसदमा प्रस्तुत नहुने निश्चित देखिएको छ ।

नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग गर्न लागेको अमेरिकाले एमसीसी इण्डोप्यासिफिक रणनीति अन्तर्गतको भएको भन्दै पार्टीभित्र चर्को विवाद उत्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*