आज सरस्वती पूजा, देशैभरि भव्य रुपमा मनाइदै (सरस्वती स्त्रोत्रसहित)

समाज अनलाइन
;
१६ माघ २०७६, बिहीबार १०:३०

 

काठमाडौं । आज श्रीपञ्चमी अर्थात शिक्षा आरम्भ गर्ने दिन । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीका दिनलाई श्रीपञ्चमीको रुपमा देवी सरस्वतीको पूजा आरधाना गरेर मनाइन्छ । नेपालमा आज देशैभरिका विद्यालय तथा विश्व विद्यालयहरुमा सरस्वतीको पूजा गरेर श्रीपञ्चमी मनाइदैछ ।

देशैभरिका सरस्वती मन्दिरमा बालबालिका, शिक्षक तथा विद्यार्थी, साना साना नानीहरु गएर सरस्वतिको आराधना गर्दै अक्षर लेख्ने गर्छन् । सामान्यतया बाललिकाले आजैका दिन पहिलो अक्षर लेख्ने गर्दछन् ।

पूर्वीय सभ्यतामा शक्तिशाली १० देवी मध्येकी एक हुन् सरस्वती । सरस्वतीलाई सिद्धीको रुपमा समेत चिनिन्छन् । सोही कारण आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । काठमाडौंको स्वयम्भुस्थित सरस्वती देवीको मन्दिरमा पूजा गर्ने तथा अक्षर लेख्नेको भिड लागेको छ । त्यस्तै भक्तपुरको निलसरस्वती स्थान, नगरकोटस्थित सरस्वती मन्दिरमा ठूलो भिड लागेको छ । त्यसैगरी, आजैका दिन काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहित बाट बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि हनुमानढोका पुगी बसन्त श्रवण गरेकी छिन् ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

आजैका दिनबाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ सरस्वति पुजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अधांङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

सरस्वती स्त्रोत्र

चन्द्रार्क – कोटिघटितोज्ज्वल-दिव्य-मूर्ते!
श्रीचन्द्रिका-कलित-निर्मल-शुभ्रवस्त्रे!
कामार्थ-दायि-कलहंस-समाधिरूढे ।
वागीश्वरि ! प्रतिदिनं मम रक्ष देवि ! ।।१।।

देवा-सुरेन्द्र-नतमौलिमणि-प्ररोचि,
श्रीमंजरी-निविड-रंजित-पादपद्मे !
नीलालके ! प्रमदहस्ति-समानयाने!
वागीश्वरि ! प्रतिदिनं मम रक्ष देवि ! ।।२।।

केयूरहार-मणिकुण्डल-मुद्रिकाद्यैः,
सर्वाङ्गभूषण-नरेन्द्र-मुनीन्द्र-वंद्ये !
नानासुरत्न-वर-निर्मल-मौलियुक्ते !
वागीश्वरि ! प्रतिदिनं मम रक्ष देवि ! ।।३।।

मंजीरकोत्कनककंकणकिंकणीनां,
कांच्याश्च झंकृत-रवेण विराजमाने !
सद्धर्म-वारिनिधि-संतति-वर्धमाने !
वागीश्वरि ! प्रतिदिनं मम रक्ष देवि! ।। ४।।

कंकेलिपल्लव-विनिंदित-पाणियुग्मे !
पद्मासने दिवस-पद्मसमान-वक्त्रे !
जैनेन्द्र-वक्त्र-भवदिव्य-समस्त-भाषे !
वागीश्वरि ! प्रतिदिनं मम रक्ष देवि! ।। ५।।

अर्धेन्दुमण्डितजटाललितस्वरूपे !
शास्त्र-प्रकाशिनि-समस्त-कलाधिनाथे!
चिन्मुद्रिका-जपसराभय-पुस्तकांके !
वागीश्वरि ! प्रतिदिनं मम रक्ष देवि!।।६।।

डिंडीरपिंड-हिमशंखसिता-भ्रहारे!
पूर्णेन्दु-बिम्बरुचि-शोभित-दिव्यगात्रे!
चांचल्यमान-मृगशावललाट-नेत्रे !
वागीश्वरि ! प्रतिदिनं मम रक्ष देवि! ।।७।।

पूज्ये पवित्रकरणोन्नत-कामरूपे!
नित्यं फणीन्द्र-गरुडाधिप-किन्नरेन्द्रैः!
विद्याधरेन्द्र-सुरयक्ष-समस्त-वृन्दैः,
वागीश्वरि ! प्रतिदिनं मम रक्ष देवि !।।८।।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*