टियुमा एमए प्रथम वर्षको फारम भर्नेको भिड उर्लियो, घण्टौ लाइन बस्न बाध्य

समाज अनलाइन
;
२० माघ २०७६, सोमबार २०:४९

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले यस वर्ष विगत १८ वर्षदेखिकालाई मौका दिई परिक्षा फारम खोलेपछि बल्खुस्थित परिक्षा नियन्त्रण कार्यालयमा थामी निसक्नुको भिड बढेको छ । दिनहुँ बढिरहेको भिड व्यवस्थापन धौ धौ पर्न थालेको छ ।

फारम खुलेदेखि नै भिडभाड रहेको त्रिविविको परिक्षा नियन्त्रण कार्यालय बल्खुमा सोमबार झण्डै तीन हजार जनाले फारम भरेका थिए । अपरान्ह साढे तीन बजेपछि पनि सयौं लाइनमा बसेका थिए । विहान १०ः०० बजेदेखि नै बैंक तथा फारम बुझाउने काउन्टरमा भिड लाग्ने गरेको छ ।

गत वर्ष परिक्षा आवेदन दिएका १० हजार मध्ये फेल भएका तथा पुरानो बाँकी भएकाहरुले फारम भरिहरको छन् । यही माघ २३ गते अन्तिम दिन भएकोले सो दिन नजिकिँदै गर्दा झन् झन् भिड बढिरहेको छ ।

केही विद्यार्थीहरुले पावर लगाउँदै बैंकमा घुसपैठ गरेर बैंक भौचर काटेका कारण विवाद हुने गरेकोछ । लाईन व्यवस्थित गराउनु पर्ने प्रहरी आफै बर्दीमै घुसपैठ गरेर फारम भरेको दृष्य निकै रोमाञ्चक देखिएको प्रतिक्रिया सोमबार बल्खुमा फारम भर्न आएकाले दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*