घरैमा पालेको कामदारले छिने कार्की परिवारको खुशी

४९ बर्षिया मुनाको हत्या गर्ने २२ बर्षिय कामदारको पाईन्टमा भेटियो बीर्य !
समाज अनलाइन
;
२८ माघ २०७६, मंगलवार २३:०५

काठमाडौं । लामो समय नेपाल विद्युत प्राधिरकण, उर्जा मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका महत्वपूर्ण पदमा रहेर काम गरेका पूर्व सचिव अर्जुन कुमार कार्कीले शायदै त्यो दिन आउने सोचेका थिए । तर, गत सोमबार विहान पशुपतिनाथको मन्दिरमा जानुअघिसम्म हराभरा परिवार केहीवेरमा पुजा सकेर घर फर्कदा उजाड भइसकेको थियो । जब सोमबार विहान ११ः३० बजेतिर कार्की घरमा फर्किए, तब आकाश नै खसेजस्तो देखे, काम गर्ने कामदार, टेबुलमा लडिरहेको छ, श्रीमती रगताम्मे छिन्, थुचुक्च बसे । त्यो महल, जसको साथमा धपक्कै बल्दथ्यो, रगतसँगै डुबिसकेकी थिईन्, घरको परिवारको सदस्य झै बनेको बिजयको घाँटीमा डोरीले बेरिएको थियो । दोलखाको जिरीदेखि काठमाडौंसम्मको यात्रा, सरकारी जागिरे जीवनमा विभिन्न हण्डर उनले नखाएका होईनन्, तर उनी कहिल्यै पनि बिचलित भएनन् । बैशाख १२ २०७२ को भुकम्पमा किनेको त्रिपाल काण्डमा झण्डै जेलमा कोच्ने काम पनि नभएको होइन । कहिल्यै नआत्तिएका कार्की सोमबार आफ्नै निवासमा जीवन संगिनीको विभत्य मृत्यु देखेर कींकर्तव्यविमूढ बने ।

तत्कालै प्रहरीलाई खवर गरियो, प्रहरी आएर आफ्नो काम सुरु गर्यो । तर, कार्कीले कतिबेला रात पर्यो र दिन बित्यो पत्तो पाएनन् । भव्य र वैभवशाली बंगला क्षणभरमै भूतबंगला झै बनेको थियो । दुई छोरीहरु विदेशमा थिए, एउटा छोरा यही नेपालमै अध्ययन गर्दै थियो । छोरीहरुसँग दिनहुँ जसो डिजिटल संवाद हुन्थ्यो । कति खुशी थियो कार्की परिवार । सानेपामा भव्य महल थियो । त्यो महल भन्दा ठूलो कार्कीको परिवारको घनिष्ठता थियो । हसिली, फरासिली मुनाकै कारण कार्कीले जीवनमा धेरै ठूलो ठूला प्रगति सम्भव भएको थियो ।

घटनापछि कार्की छोरालाई सम्झाउन सक्ने अवस्था समेत देखिदैनन् । उनी आफैले आफैलाई सम्हाल्न सकेका छैनन् । गत वर्ष मात्रै सरकारी सेवाबाट अनिवार्य अवकास लिएका उनले भर्खरै मात्रै केही आराम पाएर परिवारसँग रमाइरहेका थिए । तर, त्यो खुशी लामो समय टिक्न सकेन, चुडेर लग्यो । अर्जुन कुमारको खुशी थिएनन् मुना अधिकारी कार्की, दुई छोरी र एक छोराकी पनि खुशी थिईन् ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट घटनामा तेस्रो व्यक्तिको संलग्नता देखिएको छैन । सिसीटिभी फुटेजका आधारमा बिजय चौधरीले नै आफ्नी मालिक्नी अर्थात पूर्व सचिव कार्कीकी पत्नी मुनाको घरेलु हतियार प्रयोग गरी हत्या गरे पश्चात आफूले पनि नाइलनको डोरी लगाएर झुण्डिएर आत्महत्या गरेको देखिएको छ । यद्यपि बिजयको पाइन्टमा बीर्य समेत फेला परेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जनाएको छ । यदि त्यसो कुरा सत्य भए बिजयले बलात्कारको प्रयास गरेको हुनसक्ने सहजै अनुमान लगाउन सकिन्छ ।

घरमा आफैले सानै देखि हुर्काएको छोरा समान व्यक्ति बिजय, २२ वर्षका युवकले ४९ वर्षिय महिला (सामान्यतया, महिनावारी बन्द हुने समय भइसकेको) माथि बलात्कारको प्रयास ! कुरा र विषय बढो अचम्मको छ । यो कुरा सत्य नहोस्, तर आफैले सानै देखि घरमा हुर्काएको बालक त्यो घरको छोरा सरह हुन्छ भने २२ बर्षिय युवकको लागि ४९ बर्षिय महिला आमा समान हुन्छिन् । नेपाल जस्तो सामाजिक संरचनामा पत्याउनै नसकिने गरी २१ औं शताब्दीको क्रूर अमानवीय घट्नाको चित्र राजधानी काठमाडौंमै कोरिन पुगेको छ ।

मृत्यु अनि बिछोड सबैका लागि पीडादायी नै हुन्छन्, तर कुनै मृत्यु पीडादायी मात्रै नभएर मानिसको जवनभर घाऊ बनेर बस्ने गर्दछन् । पूर्व सचिव अर्जुन कुमार कार्कीलाई यतिबेला यस्तै भएको छ । सानैदेखि गरिबी र अभावमा हुर्केको एउटा युवालाई आफैले घरमा राखेको एउटा बालक युवा भएपछि आफ्नी जीवनसँगीको हत्या गर्ला भन्ने उनले रत्तिभर सोचेका थिएनन्, र जोकसैले सोच्ने कुरा पनि त भएन ।

हिजो अर्थात सोमबार राजधानीको मुख्य ठाउँ सानेपा प्रहरी चौकीबाट १५० मिटरको दुरीमा रहेको उनको निवासमा यस्तै विभत्स घटना भयो । आफू पशुपति नाथको मन्दिरमा पूजा गर्न गएको समयमा श्रीमती मुना अधिकारी कार्कीलाई आफैले सानैदेखि घरमा ल्याएर हुर्काएको बिजय चौधरीले हत्या गरेर आफ्नो अनि परिवारको खुशी खोसिदिएका छन् । सोमबार आफ्नो निवासमा भेला भएका आफन्त माँझ भन्दै थिए, मेरो छोरालाई दिनहुँ १० पटक जति म्वाई खान्थ्यो, माया गर्दथ्यो, कसरी यस्तो काम गर्यो होला ?’

तस्विर सौजन्यः रातोपाटी

ललितपुर सानेपास्थित घरमै मुनालाई प्लास्टिकको पिर्काले हिर्काएर चौधरीले हत्या गरेको देखिएको प्रहरीको भनाई छ । सोमबार ‘बिहान १० बजेर २० मिनेटको समयमा विजयले मुनालाई घाँटीमा डोरीले बाँधेर भुइँमा बजारेको देखिन्छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले मिडियामा भनेका छन्, ‘मुना भुइँमा लडेपछि कपाल समाती टाउको बजारेर प्लास्टिकको पिर्काले हिर्काएको देखिन्छ ।’

महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरी परिसरले संयुक्त रूपमा अनुसन्धान भइरहेको छ । राजधानीभित्रै हाईप्रोफाईल व्यक्तिको घरमा भएको विभत्स हत्या काण्डले प्रहरी समेत झस्किँदै अनुसन्धानको दायरा फराकिलो बनाएर अनुसन्धान प्रक्रिया अघि बढारहेको छ ।

तस्विर सौजन्यः नेपाल खवर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*