नेपाली सेनाको हतियार ओसार्ने ट्रक सल्यानमा दुर्घगनाग्रस्त, एकको मृत्यु छ जना घाइते

समाज अनलाइन
;
२९ माघ २०७६, बुधबार २२:४७

काठमाडौं । प्रतिबन्धित विद्रोही नेकपालाई लक्षित गर्दै हतियार र बम बोकेको नेपाली सेनाको एउटा ट्रक सल्यानको कपुरकोट ३ चोरखालामा दुर्घटनाग्रस्त हुँदा एक जना सेनाको मृत्यु भएको छ ।

नेपाली सेनाको ट्रक (वानटन) दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । दुर्घटनामा मेजर ईश्वर सिलवाल, सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं ल्याईदैछ ।

कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा ट्रक झन्डै ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जनाइएको छ । ट्रकमा हतियार विस्फोटक पदार्थ थिए । घटना कसरी भयो भन्ने खुल्न बाँकी छ । नेपाली

नेपाली सेनाको सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक प्रदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको जनाइए पनि सेनाले सो सम्बन्धमा केही बताएका छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*