अमेरिकी दुताबासमा स्टेटमेन्ट देखाउने भन्दै ६० लाख ठगी

समाज अनलाइन
;
५ फाल्गुन २०७६, सोमबार २३:३९

काठमाडौं । पछिल्लो समय ठगीका नयाँ नयाँ फण्डाहरु बाहिर आउन थालेका छन् । यसैक्रममा अमेरिकाको भिषा लागेका र बैंक स्टेटमेन्ट शो गर्न रकम नभएको भन्दै ६० लाख रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाएर ६० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका–२ पयुपाटा कुँवर टोल घर भइ ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् । प्रहरीले उनीहरुलाई भक्तपुर ठिमीबाट आइतबार बेलुका पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानको लागि बैक ब्यालेन्स् देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी आफ्नो बैंकका खातामा ६० लाख रुपैयाँ राख्न लगाई रकम राखेको भोलिपल्ट बैंकका विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतीपत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएका थिए । सो सम्बन्धमा महानगरीय अपराध महाशाखा उजुरी परेको थियो । लगत्तै टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*