न्यायाधीश सवार गाडीमा आगलागी

समाज अनलाइन
;
६ फाल्गुन २०७६, मंगलवार ०७:५४

काठमाडौं । सुदुरपश्चिममा एक जना न्यायाधीश सवार सरकारी गाडीमा आगो लागेको छ । उच्च आदालत दिपायल अन्तर्गतको महेन्द्रनगर इजलासका न्यायाधीश शारङ्गा सुवेदी चढेको गाडीमा बीच सडकमै आगो लागेको हो ।

अदालतको काम सकेर घर फर्कदै गरेकी न्यायाधीश सवार बा१झ ८८६३ नम्वरको गाडी महेन्द्र राजमार्गस्थित विपिन इन्टरपाईजेज पेट्रोल पम्पमा तेल हाल्न गएको बेला आगोलागी भएको हो । तेलर हालेपछि फर्किने क्रममा साँझ सवा ५ बजेतिर एक्कासी आगो लागेको अदालतले जनाएको छ । आगोलागीको कारण खुल्न सकेको छैन । आगोलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगोलाग्दा न्यायाधीश सुवेदी गाडी भित्रै थिईन् । साथै सुरक्षाकर्मी पिन गाडी भित्रै थिए । आगो लागेपछि सबै जना सडकमा उत्रिएका थिए । आगोलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*