अमेरिकाको कार रेस प्रतियोगितामा भयानक दुर्घटना (हेरौं डरलाग्दो भिडियो)

एजेन्सी । अमेरिकाको प्रख्यात कार रेसिङ खेलमा आज विहानै भयानक दुर्घटना भएको छ । अमेरिकी समय अनुसार सोमबार अपरान्ह भएको डेटोना–५०० कार रेसिङमा प्रख्यात कार रेसर र्यान न्यूमान गम्भिर घाइते भएका छन् । दुर्घटना लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल कोमामा रहेका घाइतेको लागि प्रार्थना गरेको भन्दै ट्वीट गरेका छन् ।
प्रतियोगताको अन्तिम समयमा उनको कार सडक पेटिमा ठोक्किएपछि आकाश उड्न पुगेको थियो । प्रतिघण्टा १९५ किमीको गतिमा हुईकिएका कारहरुका आपसमा ठक्कर खाँदा घटना निकै भयावह र डरलाग्दो देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकाका फ्लोरिडामा आयोजना गरिएको सो कार प्रतियोगिता घाइते भएका न्यूम्यानको हेलिफ्याक्सस्थित डेटोना बीचमा रहेको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि आयोजक रस फेटवे रेसिङले उनको स्वास्थ्यमाथि खतरा नरहेको जनाएको छ ।
४२ बर्षिय कार रेसर न्यूम्यान सन् २००८ देखि यता पहिलो पटक दुर्घटनामा परेका हुन् । उनलाई पछाडिको कारले उछिन्ने क्रममा सडकको पेटीमा ठोक्किन पुगेको थियो । दुर्घटनापछि आगो लाग्दै कार आकाशतर्फ उडेको थियो । पुनः तल झर्दै गर्दा अर्को प्रतिपस्र्धी कारसँग ठोक्किएर आगो लागेको थियो ।
प्रतियोगिताको अन्तिम समयमा भएको सो भयावह दुर्घटनापछि हजारौं दर्शक स्तब्ध बन्न पुगेका थिए ।
Scary finish at #DAYTONA500 when leader Ryan Newman flipped right before the finish. Denny Hamlin wins but all thoughts on Newman right now. pic.twitter.com/Fltj5w5d2g
— Troy Hirsch (@troyhirschfox5) February 18, 2020