तीन डिआईजी एआईजीमा सिफारिस

समाज अनलाइन
;
१५ फाल्गुन २०७६, बिहीबार १९:५७

काठमाडौं । नेपाल प्रहरीको एआईजीपीमा तीन जनाको नाम सिफारिस गरिएको छ । बिहिवार गृह मन्त्रालयले एआईजीमा बढुवाका लागि डिआईजीहरु तारणी लम्साल, शैलेश थापा क्षत्री र हरि पाललाई सिफारिस गरेको हो ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले तीन जनालाई सिफारिस गरेको हो । तीनै जना आईजीपी बन्ने लगभग पक्का जस्तै छ । गत माघ २८ गतेबाट एआईजीपीहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतले अवकाश पाएपछि रिक्त स्थानमा यी ३ जनालाई सिफारिस गरिएको हो ।

अन्य प्रतिस्पर्धी नीरज शाही, प्रधुम्नकुमार कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेललाई उछिन्दै तीन जना एआईजीमा सिफारिस भएका हुन् । सिफारिस गरिएकाहरुलाई मन्त्रिरिषदबाट निर्णय गरेपछि मात्रै एआईजीपीको फुली लगाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*