लकडाउनको समय थपियो: चैत्र २५ गते १२ बजेसम्म बाहिर निस्कन नपाउने, नमाने छ महिना कैद

समाज अनलाइन
;
१६ चैत्र २०७६, आईतवार २२:००

काठमाडौं । सरकारले गत चैत्र ११ गतेदेखि लागू गरेको लकडाउन आगामी चैत्र २५ गते मध्यराति १२ बजेसम्म थप गरेको छ । लकडाउनको समय सकिनु एक दिन अघि थप एक साताको लागि थप गरेको हो । सामाजिक दुरी कायम गर्दै बसेको मन्त्रिपरषदको बैठकले लकडाउन थप ७ दिन जारी राख्ने निर्णय गरेको छ ।

कोरोना भाइरसबाट जनतालाई बचाउन सरकारले गत मंगलबार बिहानदेखि घोषणा गरिएको लक डाउनलाई लम्ब्याउँदै चैत २५ गतेसम्म पुर्याउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लक डाउनको अवधि लम्ब्याउनुपर्ने सिफारिस गरेको थियो ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *