जीपी कोइराला कलेजमा स्नातकोत्तर तहका कक्षाहरु अनलाईनबाटै सञ्चालनमा

काठमाडौं । काठमाडौंको सिफलमा रहेको जीपी कोइराला कलेजमा स्नातकोत्तर तहका कक्षाहरु अनलाईनबाटै सुर गरिएको छ । कोरोना भाइरसको महामारीपछि सिंगो विश्व लकडाउनमा परेको बेला जीपी कोइराला कलेजले अनलाईनबाटै स्नातकोत्तर तहको कक्षाहरु सुचारु गरेको जनाएको छ ।
जीपी कोइराला कलेजका व्यवस्थापन संकाय प्रमुख गणेश खड्काका अनुसार हाल एमबीएस र एमएडका कक्षाहरु सुरु गरिएको छ । जुम एप्समार्फत कक्षाहरु सुरु गरिएको हो । सुरुमा टिचरलाई नै जुम एप्सबाट अनलाईन कक्षा सञ्चालन गर्ने सम्बन्ध तालिम दिइएको थियो । त्यस लगत्तै नियमित कक्षाहरु सुरु गरिएको व्यवस्थापन संकाय प्रमुख खड्काले जानकारी दिए ।
कोरोना भाइरसको महामारीका बीच विद्यार्थीहरु घरैमा लकडाउनमा परेका बेला सुरु गरिएको अनलाईन कक्षामा विद्यार्थीहरुको समेत उत्साहपूर्ण सहभागिता छ ।
त्यसैगरी, स्नातक तहको पनि अनलाईन कक्षा सुरु गर्ने तयारी भइरहेको कलेजले जनाएको छ ।