एकै दिन ७७ नेपालीलाई कोरोनाले समाएपछि बहराइनमा तनाव

समाज अनलाइन
;
१६ बैशाख २०७७, मंगलवार २३:३३

काठमाडौं । खाडी मुलुक बहराइनमा रहेका नेपालीहरु यतिबेला तनावमा परेका छन् । एकै दिन ७७ जना नेपालीलाई कोरोनाको संक्रमण देखिएपछि त्यहाँ रहेका अन्य नेपालीहरु रोग सर्ने भयले तनावमा परेका हन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको छ ।

एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएका छन् । बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ । झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत रहेको बहराईनमा ठूलोमा मात्रामा नेपाली कामदार कोरोना संक्रमित भएपछि तनावमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*