रोल्पामा शक्तिशाली बम विस्फोट, चार जना बालबालिकाको मृत्यु

समाज अनलाइन
;
१८ बैशाख २०७७, बिहीबार २१:५२

काठमाडौं । बिहिवार अपरान्ह पश्चिम नेपालको रोल्पामा शक्तिशाली बम विस्फोट भएको छ । घटनामा चार जना बालबालिकाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको हो ।

बाख्रा चराएर फर्कदै गरेका बालबालिकाले बम खेलाउँदा विस्फोट भएको हो ।
प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।

उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको जानकारी दिएका छन् । द्वन्दको समयमा प्रहरीले राखेको धरापबाट बालबालिकाले बम फेला परेको प्रारम्भिक रुपमा प्राप्त समाचारमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*