दाङ फर्कदै गरेकाहरु चढेको बस बाँकेमा दुर्घटना, १२ को मृत्यु

समाज अनलाइन
;
१९ जेष्ठ २०७७, सोमबार ०९:३७

काठमाडौं । भारतका विभिन्न स्थानमा रोजगारी गरी लकडाउउनका बीच दाङतर्फ फर्कदै गरेका मानिसहरु चढेको बस गएराति बाँकेमा दुर्घटनाग्रस्त हुँदा एक दर्जनको मृत्यु भएकोे छ ।

नेपालगन्जस्थित सीमा क्षेत्रबाट नेपालीहरु लिएर दाङ् र सोही क्षेत्र आपसास जाने क्रममा रहेको ना५ख ५९९५ नम्वरको मिनि बस महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा सडकमा रोकि राखेको ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । घट्नामा २० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । घाइते मध्ये छ जनाको अवस्था गम्भिर छ ।

११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*