डोल्पाका एक जनाको कोरोनाबाट मृत्यु, काठमाडौंमा पाँच जनामा कोरोना

समाज अनलाइन
;
२४ जेष्ठ २०७७, शनिबार १७:०६

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाका ५८ बर्षिय नागरिकको कोरोना भाइरसका कारण मृत्यु भएको हो । यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

उता, राजधानी काठमाडौंमा पनि कोरोनाको संक्रमण फैलिने क्रममा रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौं उपत्यकाका पाँच जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राजधानीसहित देशैभरिमा थप ३२३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२०० नाघेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*