थप २१३ जनामा कोरोना पुष्टि, कूल संक्रमित ३४४८ पुग्यो

समाज अनलाइन
;
२५ जेष्ठ २०७७, आईतवार १६:३९

काठमाडौं । नेपालको कोरोना भाइरसको संक्रमण दिनहु बढ्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तीन हजार नमुना परिक्षणको क्रममा दुई सय १३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आजसम्ममा चार सयभन्दा बढि कोरोना संक्रमितहरु डिस्चार्ज भएर घर फर्केको जनाएकोे छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा २६९ जना, प्रदेश नं २ मा ११६१, बागमति प्रदेशमा ९२ जना, गण्डकी प्रदेशमा १११ जना, प्रदेश नं ५ मा १०८१ जना, कर्णाली प्रदेशमा ६३३ जना, सुदुरपश्चिम प्रदेशमा १०१ जनामा कोरोना संक्रमण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*