पुँजिगत लाभकर तिरेकालाई कर चुक्ता दिन सरकारको निर्देशन

समाज अनलाइन
;
७ असार २०७७, आईतवार २२:५९

काठमाडौं । सरकारले धितोपत्र बोर्ड अन्तर्गत शेयर कारोबार गर्ने व्यक्तिलाई पुँजिगत लाभकर तिरेको आधारमा इटिडिएसको विवरण अनुसार कर चुक्ता प्रमाणपत्र दिन निर्देशन दिएको छ ।

शेयर बजारलाई व्यवस्थित र लगानीकर्तालाई करको झन्झटबाट मुक्ति दिन आन्तरिक राजश्व विभागले यही असार ५ गते सबै कर कार्यालयलाई लिखित निर्देशन दिँदै एक पटक पुँजिगत लाभकर तिरिसकेको हकमा अन्तिक करको रुपमा गणना गर्न भनेका हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको पहलमा सो काम भएकोमा शेयर लगानीकर्ताहरु निकै खुशी भएका छन् । शेयर लगानीकर्ता छोटेलाल रौनियारका अनुसार यसले लगानीकर्तालाई दोहोरो करको मार हटेको छ ।

विभागले नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्रमा भनिएको छ, ‘धितोपत्रको कारोबारमा हुने पुँजीगत लाभको अग्रिम कर असुलीको विवरण तथा कर विद्युतीय प्रणालीमार्फत् दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले आफूलाई पायकपर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन सक्ने ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*