असार १६ गते भित्र एमसीसी पास हुनैपर्ने, सभामुख सापकोटाद्वारा असार १७ गतेसम्म संसद स्थगित

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच द्धन्द, सभामुख सापकोटा पनि एसीसीको विरोधमा
समाज अनलाइन
;
९ असार २०७७, मंगलवार २१:०३

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीसहितले मुख्य राजनीतिक एजेण्डा बनाएको एमसीसी अन्ततः यही असार १६ गतेभित्र संसदबाट पास नहुने भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले आगामी असार १७ गतेसम्मका लागि संसद अधिवेशन स्थगित गरेपछि यही जुलाई १ तारिख (असार १७ ) गते देखि सुरु हुने भनिएको अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संकटमा भुमरीमा फस्न पुगेको । यसअघि २०७४ सालमा भएको सम्झौतामा जुन ३० गते असार १६ गतेसम्म संसदबाट पास गरी १ जुलाई २०२० बाट आयोजनाको काम सुरु हुने उल्लेख भएपनि सो अवधीभित्र नेपालले संसदबाट सो सम्झौता अनुमोदन नगरेपछि एमसीसी संकटको भुमरीमा फस्न पुगेको हो ।

मंगलवार बसेको संसद बैठकमा नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक पारित भएलगत्तै सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक असार १७ गते दिउँसो १ बजेसम्मका लागि तोकेका छन् । दुई दिनअघि प्रधानमन्त्री केपी ओलीसँग भएको भेटवार्तामा चर्काचर्की भएको थियो । प्रधानमन्त्री ओलीले जसरी पनि संसदबाट एमसीसी पास गरेरै छोड्ने चट्टानी अडान लिएका बेला सभामुखले संसद बैठकले एमसीसी सुरु हुने मितिभन्दा पारी पुर्याएपछि इण्डो प्यासिफिक रणनीति अन्तर्गत नेपालमा लगानी गरिएको भनिएको एमसीसी अन्ततः संकटको भुमरीमा फस्न पुगेको हो ।

यसैबीच, मंगलवारको बैठकमै राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले नेपाल नागरिकता पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गरेकी छिन् । नागरिकता विधेयकमा विवाह गरेर आएकी विदेशी बुहारीलाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रावधानको विरुद्धमा मधेशवादी पार्टीहरु र नेपाली कांग्रेसले विरोध जनाउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*