फेसबुकविरुद्ध भाइबर आक्रोसित, सम्बन्ध बिच्छेद गर्ने भाइबरको घोषणा

समाज अनलाइन
;
१४ असार २०७७, आईतवार २२:५२

फेसबुकविरुद्धमा आक्रोसित बनेको भाईबरले अन्ततः सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेको छ । म्यासेजिङ एप भाइबरले फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम गर्न नसकेको आरोपमा संसारका धेरै ब्राण्डले फेसबुकसँग सम्बन्ध तोड्ने र विज्ञापन नदिने घोषणा गरिरहेका छन् ।

भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँग सबै खाले सहकार्य तोड्ने र विज्ञापन नगर्ने घोषणा गरेको हो । रंगभेदविरुद्ध अमेरिकामा भइरहेको आन्दोलनको क्रममा ुएन्टी डिफेमेसन लिङ्कसहितका केही संगठनहरुले जुलाई भरी फेसबुकसँग सम्बन्ध तोड्न र विज्ञापन नगर्न आह्वान गरेको थियो ।

यही आह्वानमा समर्थनमा संसारका धेरै ब्राण्डले फेसबुकलाई दिंदै आएको विज्ञापन बन्द गरेका छन् । फेसबुकले आफ्नो प्लेटफर्ममार्फत फैलिने घृणात्मक, रंगभेदी अभिव्यक्ति नियन्त्रण गर्न असफल भएको भन्दै यस्तो आह्वान गरिएको हो ।

भाइबरले “स्टप हेट फर प्रफिट्” नामक अभियानलाई समर्थन गर्दै फेसबुकसँगको व्यावसायिक सम्बन्ध तोडेको विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*