एनएमबि बैंकले आइएफसीबाट २५ मिलियन पुनकर्जा पाउने

समाज अनलाइन
;
२० असार २०७७, शनिबार १७:३८

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) संग पुनः कर्जाको लागी समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेको छ । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह आइएफसीबाट २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको हो ।

सम्झौतापछि एनएमबि दुई बर्षको अवधिमा लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको पहिलो बैंक बन्न सफल भएको छ । बैंकले दुई अर्ब ६० करोडभन्दा बढि रकम पुनकर्जा बापत पाउनेछ ।

सो समझदारी पत्रमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.र आईएफसीका कार्यकारी आवासिय प्रतिनिधि सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एनएमबी बैंकले कोरोना महामारीमा परेका साना तथा मझौता उद्यमीलाई सहुलियत दरमा ऋण प्रवाह गर्नु बैंकको दायित्व हुनेछ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *