घर बाहिर ननिस्कौं, निस्कन नदिऔं

समाज अनलाइन
;
२२ असार २०७७, सोमबार २२:४७

यतिबेला सिंगो देश कोरोना विरुद्धको लकडाउनमा फसेको छ । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन दुई महिना पुग्दा समेत अझै कति दिन लकडाउन जारी रहन्छ, अहिले नै भन्न सक्ने अवस्था छैन । विश्व स्वास्थ्य संगठनले मानवका बीचमा भौतिक दुरी आवश्यक रहेको भन्दै सबैलाई सचेत गराएको छ । सोही भौतिक दुरी कायम गराउनको लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेको हो । तर, विडम्वना ! लकडाउन बृद्धि हुँदै जाँदा कोरोना संक्रमितको संख्या समेत थपिँदैछ । जति थपिएका छन्, ति सबै भारतबाट आयातित छन् । उनीहरुबाट स्थानीय तहमा कोरोनाको संक्रमण फैलिएको अत्यन्तै न्यून मात्रै पाइएको छ । आयातित कोरोना स्थानीय तहमा नफैलिने भन्दै सर्वसाधारणलाई सचेत गराउने काम समेत भइरहेको सन्दर्भमा आम जनताले अझै सचेत हुनुपर्ने अवस्था छ । नेपालले एक पटक कोरोनाबाट मुक्त भएर मात्रै यसको समाधान निस्कने सम्भावना छैन । त्यसैले कोरोनाका विरुद्धमा बिजयी हासिल गर्न आम जनताले अझै ठूलो त्याग गर्नुपर्ने बेला आएको छ ।

कोरोना महामारीले विश्वका शक्तिशाली भनिएका देशहरु समेत तबह तबहको अवस्थाबाट गुज्रदैछन् । कोरोनाको कारण दयनीय भएको आम जनताको दैनिक जीवन अझै कहिले सहज बन्छ अहिले नै भन्न सक्ने अवस्था छैन । कोरोना महामारीले सिंगो विश्व प्रभावित भएको बेला नेपाल समेत प्रभावित हुनु र लकडाउन गर्नु स्वभाविक नै हो । सरकारले घोषणा गरेको लकडाउन जनता बीचमा व्यक्तिगत दुरी कायम गर्न, भौतिक दुरी कायम गर्नको लागि हो भन्ने कुरा सबैले भुल्नु हुँदैन । त्यसैले यो लकडाउन सबै जनताको जीवन रक्षाको लागि हो भन्ने कुरा बुझ्नु पर्दछ । लकडाउन आम जनताको दैनिक जीवनमा पर्ने अप्ठेरोको मूल्य भन्दा कैयौं गुणा बढि कोरोना भाइरसल पार्ने प्रभाव बढी हुने हुँदा लकडाउन सबैले पालना गर्नु, आफू, आफ्नो परिवार अनि समाजका लागि र देशका लागि महत्वपूर्ण हुन आएको छ ।

त्यसैले लकडाउन व्यक्ति, समाज र देश सबैका लागि कोरोना भाइरसबाट बच्ने साधन बनेर अगाडि आएको छ । लकडाउनमा हेलचेक्र्याई गर्ने, बलमिच्याई गर्ने, पालना नगर्ने गर्ना त्यसरी उल्लंघन गर्ने व्यक्ति, समाज र देशलाई नै घाटा हुने विश्वका अन्य देशहरुले भोगेको नियतिबाट पुष्ति हुन आएको छ । त्यसैले लकडाउन जनतालाई क्षणिक अप्ठेरो जस्तो लागे पनि यसले दीर्घकालिन रुपमा नागरिक, समुदाय, गाउँशहर तथा सिंगो देशको लागि हितकर छ । त्यसैले यसको इमान्दार र कर्तव्यनिष्ट भएर पालना गरौं, कोरोनाबाट आफू बचौं, समुदायलाई बचाऔं र देशलाई बचाऔं । –प्रतिस्पर्धा साप्ताहिकको सम्पादकीयबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*