भारतले पदच्यूत गर्न खोजेको प्रम ओली पक्षमा उभियो बिप्लव नेतृत्वको नेकपा

समाज अनलाइन
;
२५ असार २०७७, बिहीबार २२:२९

काठमाडौं । लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको प्रतिशोधमा भारतीय डिजाईनमा प्रधानमन्त्री केपी ओलीलाई पदच्यूत गर्ने डिजाईन अघि बढिरहँदा विद्रोही नेकपाले प्रधानमन्त्री ओलीको पक्षमा उभिएको छ । पूर्व सहकर्मी प्रचण्ड प्रम ओलीका विरुद्धमा डटेर लागि रहेको बेला बिप्लव नेतृत्वको नेकपा भने प्रम ओलीको पक्षमा उभिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूतलाई सँगै राखेर भारतीय सञ्चार माध्यमहरुले भ्रामक सूचना प्रवाह गर्न थालेपछि बिप्लव नेतृत्वको नेकपाले आजबाट सबै टिभी च्यानलमा भारतीय समाचार टेलिभिजनहरु बन्द गराएर प्रम ओलीलाई सहयोग गरेको छ ।

आजै बिप्लव नेतृत्वको नेकपाले तत्काल भारतीय समाचार सम्बद्ध टिभी च्यानल बन्द गर्न चेतावनी दिएपछि अघि साँझदेखि सबै टिभी च्यानलहरुले भारतीय समाचार च्यानलहरु बन्द गरेका छन् । नेपालमा सञ्चालित १३ वटा टिभी अपरेटरहरुलाई बिप्लव नेतृत्वको नेकपाले सामाजिक मूल्य मान्यता, पूर्वीय सभ्यताभन्दा बाहिर गएर टिभी हुनै नसक्ने समाचार सामग्री पस्कने भारतीय टिभी च्यानलहरु बन्द गर्न चेतावनी दिएको थियो । यस्तो चेतावनी लगत्तै सबै टिभी च्यानलहरुले भारतीय समाचार सम्बद्ध टिभी च्यानलहरु बन्द गरिसकेका छन् । यसैबीच, सञ्चार मन्त्रालयले भोलि सबै प्रशारण सेवा प्रदायक कम्पनीहरुलाई मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

उता, बिप्वलले चिनियाँ समर्थन रहेको केपी ओली नेतृत्वको सरकारलाई सहयोग गरेपछि प्रचण्ड र माधव नेपालहरु भारतीय डिजाईनमा ओलीलाई सत्ताच्यूत गर्न लागि परेको रहस्योद्घाटन भएको छ । पूर्व एमालेबाट माधव कुमार नेपालहरु तथा पूर्व माओवादीबाट प्रचण्डहरुले विराटनगरबाट भारतीय क्याम्प हटाउने, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने, चीनसँग पारवहन सन्धी गर्ने लगायतका भारतीय हस्तक्षेपलाई निस्तेज पारेपछि प्रम ओलीसँग दिल्ली क्रुद्ध छ । यसै सन्दर्भमा भारतीय डिजाईनमा प्रम ओलीलाई हटाउने योजना चिनियाँ राजदूत होऊ याङ्कीले असफल पारेपछि भारत क्रुद्ध बन्दै असहिष्णु शैलीमा प्रम ओलीमाथि नै प्रहार भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*