भोलिदेखि लकडाउन हटाउने सरकारको निर्णय, सार्वजनिक यातायात खुल्यो, जोर बिजोर हट्यो

समाज अनलाइन
;
७ श्रावण २०७७, बुधबार ००:०३

काठमाडौं । सरकारले भोलिबाट लकडाउन हटाउने निर्णय गरेको छ । कोरोना भाइरसबाट जनतालाई बचाउने उद्देश्यले सरकारले २०७६ चैत्र ११ गतेदेखि पूर्ण रुपमा लकडाउन घोषणा गरेको थियो । सरकारी कार्यालय, पसल, उद्योग, कलकारखाना, यातायात सम्पूर्ण बन्द गरेकोमा जेठ २६ गतेदेखि लकडाउन खुकुलो बनाउँदै भोलिबाट पूर्ण रुपमाम हटाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले लकडाउन हटाउने निर्णय गरेको सञ्चार मन्त्री तथा सरकारका प्रबक्ता डा. युवराज खतिवडाले बताए । २०७६ चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार १२० दिनपछि अन्त्य गर्ने निर्णय गरिएको हो । सरकारले कोरोना संक्रमितको संख्यामा निरन्तर तल झरेपछि सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेको छ । भारतमा दैनिक ३७ हजारभन्दा बढिमा कोरोना संक्रमण देखिने अवस्थामा पुग्दा नेपालमा भने लगातार घटेपछि सरकारले लकडाउन पूर्ण रुपमा हटाएको हो ।

यद्यपि सरकारले जारी लकडाउनलाई जेठ २६ देखि आंशिक रुपमा घटाउँदै पसल सञ्चाल गर्न दिने निर्णय गरेको थियो । गत असारदेखि निजी सवारी जोर विजोर प्रणालीमा सञ्चालन गर्दै आएकोमा भोलिबाट पूर्ण रुपमा लकडाउन हटाइएको छ । भोलिबाट जिल्ला भित्रका सार्वजनिक यातायात र निजि सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन हुनेछन् । सरकारी कार्यालयहरु अब एकै सिफ्टमा सञ्चालन हुनेछन् भने जोर बिजोर हटाइएको छ ।

त्यस्तै, तोकिएको क्षेत्र, विद्यालय, रेष्टुरेन्ट लामो दुरीका सवारी साधन तथा अन्तर्राष्ट्रिय हवाई सेवा भने तत्काल खुल्ने छैन । त्यस्तै विद्यालय, फिल्म हल कहिले खुल्छ भन्ने अझै एकिन भइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*