नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन दोस्रो पटक स्थगित

समाज अनलाइन
;
८ श्रावण २०७७, बिहीबार २२:०२

काठमाडौं । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको यही साउन २६ र २७ गते गर्ने भनिएको निर्वाचन पुनः स्थगित भएको छ । गत चैतमा हुनुपर्ने निर्वाचन दोस्रो पटक स्थगित गर्ने निर्णय भएको हो ।

नेपाल उद्योग, वाणिज्य महासंघको बुधबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । बैठकले नयाँ मिति तय गर्न नसक्दा थप अन्योलता बढेको छ । यस पटकको निर्वाचन पनि सरकारकै कारण स्थगित गर्ने निर्णय भएको महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले बताए । बैठकले सरकारले सभा सम्मेलन गर्न दिने गरी खुल्ला गरेको १५ दिनभित्र निर्वाचन गर्ने गरी तोकिएको बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

आगामी निर्वाचनबाट गोल्छा अध्यक्ष बन्दैछन् । महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष अर्को कालकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । महासंघका केही दहिच्यूरे व्यक्तिहरुले भने पदमा टिकिरहन वर्तमान कार्य समितिले निर्वाचन स्थगित गरेको आरोप लगाउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*