कोरोनाबाट एकै दिन दुई जनाको मृत्युपछि बीरगन्जमा तनाव, अनिश्चितकालिन लकडाउनको घोषणा

समाज अनलाइन
;
१० श्रावण २०७७, शनिबार ०१:१७

हेटौडा । एकै दिन दुई जना व्यक्तिको कोरोनाबाट मृत्यु भएपछि बीरगन्जमा तनाव बढेको छ । स्थानीय प्रशासनले आजदेखि अनिश्चितकालिन लकडाउन घोषणा गर्दै निषेधाज्ञा समेत जारी गरेको छ । तीन दिन तीन जनाको मृत्यु पछि जिल्ला प्रसासन कार्यालय पर्र्साले शनिबारदेखि निषेधाज्ञा जारी गरेको हो ।

गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत बाराको परवानीपुर गाउँपालिका ४ की १९ वर्षीया युवतीको शुक्रबार मृत्यु भएको छ । ति युवतीको शुक्रबार साँझ साढे ५ बजे मृत्यु भएको हो । शुक्रबार विहान वीरगन्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगन्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको छ । दुई जनाको मृत्युपछि स्थानीय प्रशासनले निषेधाज्ञा नै जारी गरेको हो ।

त्यसअघि गत मङगलबार पनि आइसोलेसनमै मृत्यु भएका वीरगन्ज माइस्थानका ७० वर्षीया बृद्धमा पनि बुधबार राति संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*