सेरेमोनियल अध्यक्षमा ओलीको समर्थन, भैसेपाटी पुगेर गौतमसँग दुई घण्टा छलफल

समाज अनलाइन
;
१३ श्रावण २०७७, मंगलवार २३:१९

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज अघि सारेको सहमतिको प्रस्तावमा उल्लेख भएको सेरेमोनियल अध्यक्ष बन्न प्रम केपी शर्मा ओली राजी भएका छन् । प्रम ओली आजै साँझ भैसेपाटीस्थित बामदेव गौतमको निवासमा पुगेर दुई घण्टा भन्दा लामो समय छलफल गरेका छन् ।

विशुद्ध पारिवारिक भनिएको सो भेटवार्ता अर्थपूर्ण रहेको जनाइएको छ । सहमतिका सूत्रधार गौतमको निवासमा परिवारसहित भोजन गरेर प्रम ओली बालुवाटार फर्केका छन् ।

महासचिव विष्णु पौडेलसहित साँझ सात बजे ललितपुरको भैँसेपाटीस्थित गौतम निवास पुगेका प्रधानन्त्री ओली नौ बजे बाहिरिएका थिए । त्यसपछि गौतम र पौडेलबीच छलफल गरेको नेता गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए।

मंगलबारको लागि तोकिएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थगित गर्ने सूचना आजै विहान दिँदा दिँदै पार्टी अध्यक्ष प्रचण्ड र माधव नेपालहरु बालुवाटार पुगेर जबरजस्ती बैठक बस्ने प्रयास गरेको थिए । सो प्रयासका वावजुद प्रचण्ड र माधव कुमार नेपाल असफल भएपछि नेता गौतमले सहमतिको नयाँ खाका प्रस्तुत गरेका हुन् ।

उपाध्यक्ष गौतमले सहमतिका लागि भन्दै मंगलबार नै ६ बुँदे प्रस्ताव अघि सारेका थिए। जसमा ओलीलाई अहिलेको प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्री बनाउने र महाधिवेशनसम्म पार्टी अध्यक्षबाट नहटाई संवैधानिक अध्यक्ष बनाउने र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डलाई बनाउने प्रस्ताव नेता गौतमले राखेका छन्।

पार्टी सञ्चालनतर्फ कार्यकारी प्रचण्डलाई एकता महाधिवेसनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहितको जिम्मेवारी दिने प्रस्ताव गरेका छन्। सो प्रस्ताव माधव कुमार नेपाललाई मान्य नभएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*