बीरगन्जबाट चार दिन काठमाडौं आएका मेयरमा कोरोना भेटियो

समाज अनलाइन
;
१५ श्रावण २०७७, बिहीबार २२:३४

काठमाडौं । चार दिनअघि बीरगन्जबाट काठमाडौं आएका बीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीलाई कोरोना भाइरसको संक्रमण भएको छ । वीरगन्ज महानगरपलिकाका मेयर सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको आफैले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनी चार दिन अघि मात्रै काठमाडौं आएको खुलेको छ ।

हाल उनी काठमाडौंस्थित आफ्नै घरभित्र आइशोलेशनमा बसेका छन् । उनले आईशोलेशनबाट फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्नेछु ।’

मेयरले फेसबुकमाा यस्तो स्टाटस लेख्ने वित्तिकै बीरगन्ज र काठमाडौंमा समेत आतंक मच्चिएको छ । उनी सम्बद्ध राजनीतिक दल तथा व्यापारिक बृत्तमा कोरोना भाइरसको त्रास बढेको हो । मेयर सरावगीले काठमाडौंमा आएर परिक्षणको लागि स्वाव दिएका थिए । काठमाडौं घुमेर बीरगन्ज फर्किएका उनीमा कुनै संकेत देखिएको छैन । स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरको संक्रमितको सूचिमा उनी समेत रहेको जनाएको छ ।

उनले सामाजिक सञ्जालमार्फत बीरगन्जमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको लेखेका छन् । बीरगन्जको कोरोना भाइरस नियन्त्रणको लागि प्रदेश सरकार तथा केन्द्र सरकारले ठोस पहल गर्नुपर्ने सुझाव अघि सारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*