वामदेवको प्रस्तावमा होला त सहमति ?

समाज अनलाइन
;
१६ श्रावण २०७७, शुक्रबार १०:०२

काठमाडौं । यतिबेला नेकपाभित्रको राजनीतिक द्धन्द नयाँ चरणमा पुगेको छ । पार्टी विभाजन हुने लगभग निश्चित रहेको भन्दै विश्लेषकहरुले भविष्यवाणी गर्न थालिकेका छन् । यसै सन्दर्भमा सो पार्टीका नेता बरिष्ठ नेता वामदेव गौतमले ६ बुँदे प्रस्ताव प्रस्ताव अघि सार्दै सहमतिको लागि पहल सुरु गरेका छन् । नेकपाका नेता गौतमले यसअघि भएको सहमतिकै जगमा टेकेर नयाँ सहमतिको खाका अघि सारेका हुन् ।

गौतमले सहमतिको खाका अघि सारेसँगै प्रम केपी ओली नै गौतम निवासमा पुगेर डिनर खाएकाले गौतमको खाकामाथि प्रम ओलीको समर्थन रहेको देखिएको छ । तर, माधव कुमार नेपाल समुहले भने सो सहमतिलाई तत्काल कार्यान्वन गर्ने गरी मान्न तयार देखिएका छैनन् । गत मंगलबार विवादित पार्टीको स्थायी समितिको बैठकमा नेता गौतमले उक्त प्रस्ताव अघि सार्दै सहमति गर्नुपर्ने धारणा राखेका छन् ।

उपाध्यक्ष गौतमले अघि सारेको रणनीतिक महत्वको सो प्रस्तावमा आगामी पार्टीको महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री रहनेगरी नयाँ प्रस्ताव ल्याएका हुन् । तर, पार्टीको सम्पूर्ण कार्यकारी अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिने पनि सोही सहमतिको खाकामा उल्लेख छ । गौतमले भनेका छन्, ‘पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राखेको प्रस्ताव ल्याइएको हो । अहिले यही प्रस्तावले नेकपालाई गति दिएर अघि बढाउन सक्नेछ ।’ डेमोक्रेसी साप्ताहिकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*