चीनबाट १५ लाख लिएको पर्दाफाससँगै प्रम ओलीका सल्लाहकार भट्टराई विवादमा

श्रीमतीको नाम देखाएर आफ्नो बैंक खातामा रकम जम्मा गरको खुलासा
समाज अनलाइन
;
९ भाद्र २०७७, मंगलवार ०७:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले श्रीमतीको नाममा चीनबाट १५ लाख रुपैयाँ बुझेको खुलाला भएको छ । भट्टराईले आफू युरोपेली युनियन तथा अमेरिकाका सम्बद्ध अन्तर्राष्ट्रिय एजेन्सीमा आबद्ध भएर काम गरेकाले चीनसँग सिधा रकम लिँदा एक्सपोज हुने डरले उनले श्रीमतीको गिता गौतमको नाममा रकम लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ग्लोबल वाच एनालाईसिसले जनाएको छ ।

उनले श्रीमती गिता गौतमलाई प्रोजेक्ट कोअर्डिनेटर बनाएर नेपाल चीन सम्बन्धबारेमा अध्ययन गर्न भन्दै लिएको रकममा प्रम ओलीका परराष्ट्र सल्लाहकार भट्टराई आफैले प्रोजेक्ट अब्जर्भर भनेर हस्ताक्षर गरेका छन् । उनले चीनियाँ दुताबासमार्फत लिएको रकम भने नबिल बैंकमा रहेको आफ्नै खातामा जम्मा गराएको समेत खुलेको छ ।

डा. भट्टराईले श्रीमतीको नाममा चीन–नेपाल सम्बन्धबारे अनुसन्धान गर्न सो सहयोग रकम लिएको खुलासा भएको हो । कुनै कम्पनी वा संस्था नभई व्यक्तिगत रुपमा गिता गौतमको नाममा नेपाल भारतबारे अध्ययन गर्न भन्दै रकम लिइएको हो । भट्टराई आफू परराष्ट्रविद् हुन् श्रीमती भने होइनन् । रोचक कुरा चाही श्रीमतीको नाममा अध्ययन गर्न भन्दै रकम माग गरेर रकम भने आफ्नै खातामा जम्मा गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*