काठमाडौं र आसपासमा ३४३ जनामा कोरोना

सिन्धुपाल्चोक र धादिङमा कम काभ्रे र मकवानपुरमा धेरै
समाज अनलाइन
;
१० भाद्र २०७७, बुधबार १८:०१

काठमाडौं । राजधानी काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा कोरोना भाइरसको संक्रमण हुने दर ह्वात्तै बृद्धि मात्रै भएको छैन यस क्षेत्रमा एकै दिन ३४३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

स्वास्थय तथा जनंख्या मन्त्रालयका अनुसार आज एकै दिन काठमाडौं जिल्लामा २३० जना, ललिपतुरमा ४७, भक्तपुरमा २४ जना सहित सो संख्यामा कोरोना संक्रमित भेटिएको हो । काठमाडौंमा आज सबैभन्दा धेरै २३० जना संक्रमित भेटिएका छन् । यसैगरी, राजधानी आसपासका जिल्लाहरु नुवाकोटमा शून्य छ भने धादिङमा २ जना, काभ्रेमा २१ जना, सिन्धुपाल्चोकमा एक जना र मकवानपुरमा १८ जनामा कोरोना संक्रमण भेटिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २९९ महिला र ५८६ जना पुरुष गरी देशभर ८८५ जना कोरोना संक्रमित थपिएका छन् । आज पर्सामा सबैभन्दा कम १ जना भेटिएको छ । त्यस्तै, खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३, सुनसरीमा ५५, धनुषामा ४३, बारामा २४, महोत्तरीमा १८, रौतहटमा २०, सप्तरीमा १, सर्लाहीमा १२०, सिरहामा ३, चितवनमा ४२, दोलखामा २, धादिङमा २ र भक्तपुरमा २४ जना, मकवानपुरमा १८, रामेछापमा १, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा १, कास्कीमा ४, गोरखामा १, नवलपरासीमा ७, लमजुङमा २३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६, नवलपरासीमा २, प्यूठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९, रोल्पामा १, जाजरकोटमा १, दैलेखमा १, सल्यानमा १, सुर्खेतमा ७, अछाममा २०, कञ्चनपुरमा २, कैलालीमा २९, डढेलधुरामा २ तथा डोटीमा २ जना संक्रमित पुष्टि भएका हुन् ।

आजसम्मको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३४ हजार ४१८ पुगेको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *