नेपाल आईडलको ग्राण्ड फिनालेको सुटिङ गर्दागर्दै कोरोनाको संक्रमण

सज्जा चौलागाई बनिन्, नेपाल आईडल सिजन ३ बजेता, जजले पुरस्कार घोषणा गर्न पाएनन्
समाज अनलाइन
;
१२ भाद्र २०७७, शुक्रबार २२:१३

काठमाडौं । एपिवान टिभीबाट प्रशारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो नेपाल आईडलको तेस्रो श्रृखंला आज सम्पन्न भएको छ । यद्यपि ग्राण्ड फिनाले कार्यक्रम सुटिङ हुँदा हुँदै टिमका सदस्य एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि भव्य कार्यक्रम प्रभावित भएको छ ।

सो श्रृंखलामा सज्जा चौलागाई बिजयी बनेकी छिन् । यद्यपि आज अपरान्ह पाँच बजेसम्मको भोटिङको आधारमा एपिवान टिभीका प्रबन्ध निर्देशक रामेश्वर थापाले पुरस्कार घोषणा गरेका छन् । ग्राण्ड फिनाले सुटिङ हुँदा हुँदै टिमका एक जना सदस्यमा कोरोना भाइरस पुष्टि भए लगत्तै सबै जज तथा सहभागीहरु आईशोलेशनमा पुर्याइएको छ । सहभागीहरुले पुरस्कार थाप्न पाएनन् भने एपिवान टिभीका प्रबन्ध निर्देशक थापाले बिजयी घोषणा गर्नु पर्यो । प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रम नै रोकेर टिभी सहभागी सबैलाई आईशोलेशनमा पठाएको जानकारी दिएको छ ।

घोषित परिणाम अनुसार सज्जा मैनाली नेपाल आईडल सिजन ३ की बिजेता बनेकी छिन् । उनले ५० लाख नगद सहितको पुरस्कारहरु प्राप्त गर्नेछिन् । त्यस्तै फस्र्ट रनरअप बनेका प्रविन बेडवालले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने किरण कुमार भुजेलले पाँच लाख सहित सेकेण्ड रनरअपको उपाधी प्राप्त गरेका छन् । आजको कार्यक्रममा रचना रिमालले अतिथिका रुपमा निकै राम्रो गित गाएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*