खुल्यो लकडाउन, हट्यो निषेधाज्ञा, असोज ५ गतेबाट लामो दुरीका बस र हवाई यातायात खुल्ला

समाज अनलाइन
;
२९ भाद्र २०७७, सोमबार २१:५७

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले गत चैत्र ११ गतेदेखि जारी लकडाउन तथा निषेधाज्ञा हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको निर्णय अनुसार यही असोज ५ गतेदेखि लामो दुरीका सवारी साधन खुल्ला गर्ने निर्णय गरेको छ । साथै हवाई यातायात समेत खुल्ला गर्ने निर्णय गरेको छ ।

आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । निकै लामो करिब चार घण्टा चलेको बैठकले कोरोना महामारीले घरैमा थुनिएका जनतालाई आ–आफ्नो काममा जाने मार्ग प्रशस्त गर्दै आगामी असोज ५ गतेदेखि लामो दुरीको सवारी साधन सञ्चालन गर्न दिने तथा हवाई यातायात सुचारु गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *