बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस, कुलमानको निर्णय भएन

समाज अनलाइन
;
२९ भाद्र २०७७, सोमबार २२:२२

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । जसमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सम्भवतः राष्ट्रपतिले आजै वा भोलि विहान बामदेव गौतम राष्ट्रिय सभाको सदस्य बनेको घोषणा हुनेछ ।

उता, आज बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भनिएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको नियुक्त भने रोकिएको छ । कुलमान घिसिङको कार्यकाल हिजो सकिएको थियो । कार्यकाल सकिएपछि पनि पुनः चार वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्ती गर्ने हल्ला चलेको थियो । केही कलाकारहरु माइतीघर मण्डलामा पुगेर कुलमानको पक्षमा प्रदर्शन समेत गरेका थिए । तर आजको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गरेपनि कुलमानको विषयमा भने निर्णय हुन सकेन ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *