विहानै काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का

समाज अनलाइन
;
३१ भाद्र २०७७, बुधबार ०५:३४

काठमाडौं । आज विहान राजधानी काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार विहान ५ः१९ बजे करिब २० सेकेण्ड लामो भुकम्प गएको हो । भुगर्भ विभागका अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजार नजिकै केन्द्रबिन्दु भई ५.३ रेक्टरस्केलको भुकम्प गएको हो । यता, राष्ट्रिय भुकम्प मापन केन्द्रले भने केहीबेर अघि मात्रै ६.० रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । पहिरोले थिलोथिलो भएको सिन्धुपाल्चोकमा आज विहान आएको भुकम्पले आतंक फैलाएको छ ।

अमेरिकी भुगर्भ सम्बन्धी वेभसाईट युएसजिएसका अनुसार सिन्धुपाल्चोक जिल्लाको कोदारीबाट ११ किमी दक्षिणतर्फ केन्द्रबिन्दु भई ५.३ रेक्टरस्केलको भुकम्प गएको हो । १० किमी गहिरो केन्द्रबिन्दु भएका कारण सिन्धुपाल्चोक क्षेत्रमा निकै बेर हल्लाएको छ । भुकम्पपछि राजधनी काठमाडौंमा हजारौं मानिसहरु घर बाहिर निस्केका थिए भने सिन्धुपाल्चोकमा आतंक नै फैलिएको जनाइएको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *