आज १२ बजेदेखि निःशुल्क मुटु परिक्षण शिविर सञ्चालन हुँदै

समाज अनलाइन
;
१२ आश्विन २०७७, सोमबार ०९:२४

काठमाडौं । नेपाल कार्डियो डाइबेटिज एण्ड थाईराईड सेन्टर, हात्तिगौडा, बुढानिलकण्ठमा आज मध्यान्ह १२ बजेदेखि निःशुल्क मुटु परिक्षण हुने भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो भास्कुल ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटु सर्जन डा. अनिल भट्टराईसहितको टोलीले आज अपरान्ह ३ घण्टा निःशुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्न लागिएको हो ।

विश्व मुटु दिवस तथा सामाजिक सेवा दिवसको अवसर पारेर काठमाडौंको हात्तिगौडा, स्पेशल चोकमा रहेको सो क्लीनिकमा निःशुल्क मुटु परिक्षण शिविर सञ्चालन गरिने डा. भट्टराईले बताए । निःशुल्क परिक्षण शिविर अन्तर्गत डाक्टर फि ५०० रुपैयाँ, इसिजी ३५० रुपैयाँ र इको कार्डियोको दुई हजार ५०० रुपैयाँ छुट प्रदान गरिने छ । यस बाहेकका औषधी तथा मुटु सम्बन्धी कुनै अन्य रोग फेला परेमा थप परिक्षण तथा उपचारको भने शुल्क लाग्नेछ ।

सेभ द हर्ट एण्ड हर्ट नेट नेपालको आयोजना सञ्चालन हुने निःशुल्क मुटु शिवरमा निःशुल्क परिक्षणका साथै औषधीमा समेत विशेष छुटको व्यवस्था गरिएको छ । डा. भट्टराईको सेभ दि हर्ट नामक संस्थाले प्रत्येक शनिबार देशका ग्रामिण क्षेत्रमा निःशुल्क मुटु शिवर सञ्चालन गर्दै आएको छ । हाल कोरोना महामारीका कारण सोही क्लीनिकमा हरेक शनिबार मुटु शिविर सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*