काठमाडौंमा कोरोनाको भयावह तस्विरः परिक्षण गरिएका मध्ये १८ प्रतिशत कोरोना पोजेटिभ

कूल संक्रमितको ८२ हजार ४५० पुग्यो, ५२० जनाको मृत्यु, ६० हजार भन्दा बढि निको भएर फर्किए
समाज अनलाइन
;
१६ आश्विन २०७७, शुक्रबार २१:१२

काठमाडौं । राजधानी काठमाडौंमा कोरोना भाइरसको भयावह तस्विर देखिएको छ । एकै दिन झण्डै दुई हजार अर्थात एक हजार ६३८ जनामा कोरोनाको संक्रमण देखिएको छ । सो मध्ये काठमाडौं जिल्लाको मात्रै एक हजार २८० जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा आजै मात्र कोरोना पुष्टि भएको छ । राजधानी काठमाडौंमा आज अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना पोजेटिभ देखिएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो मध्ये एक हजार ७५७ जना पुरुष छ भने ९६५ जना महिला रहेका छन् । आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ । हालसम्म ६० हजार ६९६ जना निको भएर घर फर्केका छन् भने २१ हजार भन्दा बढि मानिसमा अझै कोरोना भाइरसको संक्रमण अन्त्य भएको छैन ।

शुक्रबार परिक्षण गरिएको १४ हजार ७३९ जनाको पिसिआर परिक्षण गरिएकोमा १८ प्रतिशत मानिसमा कोरोना पुष्टि भएको छ । यही रेसियोमा कोरोना भाइरस बृद्धि हुँदै गएमा दशैं अगावै इटाली वा अमेरिकामा जस्तै नेपालको अवस्था भयावह बन्ने देखिएको छ ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको संख्या ५२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, खोटाङका १, झापाका २३, ताप्लेजुङका १, तेह्रथुमका २, मोरङका १५०, संखुवासभाका १, सुनसरीका २३, धनुषाका ५, पर्साका २४, बाराका १४, महोत्तरीका ६, रौतहटका ४, सप्तरीका १५, सर्लाहीका ६, सिरहाका २२, काठमाडौँका १२८०, काभ्रेका २३, चितवनका ८३, दोलखाका २, धादिङका २३, नुवाकोटका ११, भक्तपुरका १९६, मकवानपुरका ५५, रामेछापका ३, ललितपुरका १६२, सिन्धुपाल्चोकका १०, सिन्धुलीका १३, कास्कीका १३, गोरखाका ४ र तनहुँका ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नवलपरासीपूर्वका १६, पर्वतका १, म्याग्दीका ३, लमजुङका १४, बागलुङका १२, स्याङ्जाका २, अर्घाखाँचीका १०, कपिलवस्तुका ७, गुल्मीका २६, दाङका २८, नवलपरासीका २३, पाल्पाका ११, प्यूठानका ११, बर्दियाका ९, बाँकेका ७०, रुपन्देहीका ९२, रोल्पाका २, कालिकोटका ३, जुम्लाका ६, दैलेखका १०, सुर्खेतका १२२, अछामका ८, कञ्चनपुरका ७, कैलालीका १३, डोटीका ८, दार्चुलाका १५, बझाङका ५, बाजुराका १ तथा बैतडीका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २७ वर्षीय पुरुष, ललितपुरका ३२ र ७० वर्षीय पुरुष, भक्तपुरकी ६१ र ५१ वर्षीया महिला, काठमाडौँकी ६७ वर्षीया महिला, मकवानपुरका ७८ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुष, बाँकेका ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर २१० जनाको आईसीयुमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र डोल्पा जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*