जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, गोलाप्रथामार्फत दुई लाख ७३ हजारले पाए शेयर

समाज अनलाइन
;
२० आश्विन २०७७, मंगलवार १३:११

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ । कूल सात लाख ९६ हजार ७३४ जना अन्तिम आवेदक मध्येबाट दुई लाख ७३ हजार आवेदकलाई १० कित्ताको दरले बाँडफाँड गरिएको हो । बाँकी पाँच लाख २३ हजार ७३४ जना आवेदकको हात रित्तो हुन पुगेको छ ।

आज विहान १०ः३० बजदेखि शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाटमा जनरल इन्स्योरेन्सका कम्पनीका प्रतिनिधि समेत सहभागी भई गरिएको बाँडफाँडको नतिजा आजै अपरान्हसम्म प्रकाशन गरिसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यही असोज ११ गतेदेखि १४ गतेसम्म १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेकोमा कूल २ करोड १४ लाख ५९ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेका थियो । जसमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द गरिएको एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*