पूर्व सञ्चारमन्त्री बास्कोटाविरुद्धमा उजुरी हाल्ने मिश्र काठमाडौं फर्किए

समाज अनलाइन
;
७ कार्तिक २०७७, शुक्रबार २२:२६

काठमाडौं । पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ घुस मागेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने बिजय मिश्र काठमाडौं आईपुगेका छन् । जापानबाट काठमाडौं आउने क्रममा फुडप्वाईजन भएपछि उनी बिरामी अवस्थामा काठमाडौंमा आईपुगेका हुन् । मिश्रले आफू जापानबाट सकुशल हिडेका तर जहाजभित्रै फुडप्वाईजन भएपछि उठ्नै नसक्ने अवस्थामा पुगेकोले ह्वीलचेयरको सहायता लिएको बताएका छन् ।

उनी केही समयदेखि जापानमा थिए । मिश्रले छिट्टै पत्रकार सम्मेलन गर्ने जानकारी विमानस्थलमा उपस्थित पत्रकारहरुलाई गराएका छन् । उनले आफूमाथि कुनै प्रकारको सेक्युरिटी थ्रेट महसुस नगरेको प्रतिक्रिया दिएका छन् ।

गत भदौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिन उपस्थित हुन सूचना निकालेपछि उजुरीकर्ताको रुपमा मिश्रले जापानबाटै बक्तव्य निकालेर आफू डिभाईस लिन जापान आएको र नेपाल फर्केर उक्त डिभाइस अख्तियारमा बुझाउने जनाएका छन् ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *