एकै दिन ३३०९ जनामा कोरोना भाइरसको संक्रमण, ३० जनाको मृत्यु

समाज अनलाइन
;
१९ कार्तिक २०७७, बुधबार २१:३२

काठमाडौं । नेपालमा एकै दिनमा ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३० जनाको मृत्यु भएको छ ।
आज थप भएको संख्या सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १, उदयपुरमा १३, खोटाङमा १, झापामा ६८, ताप्लेजुङमा १, धनकुटामा ४, पाँचथरमा १५, भोजपुरमा २, मोरङमा १७२, संखुवासभामा १, सुनसरीमा १३०, धनुषामा २२, पर्सामा २, बारामा १३, महोत्तरीमा ९, रौतहटमा १२, सप्तरीमा १०, सर्लाहीमा ४, सिरहामा ८, काठमाडौँमा १५७०, काभ्रेमा ६६, चितवनमा ८८, दोलखामा १६, धादिङमा १५, नुवाकोटमा ६२, भक्तपुरमा ११९, मकवानपुरमा ४९, रसुवामा १ र रामेछापमा ९ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै ललितपुरमा १८९, सिन्धुपाल्चोकमा १४, सिन्धुलीमा १३, कास्कीमा १९८, गोरखामा १५, तनहुँमा २४, नवलपरासीपूर्वमा १८, पर्वतमा ३, म्याग्दीमा १५, लमजुङमा ७, बाग्लुङमा २, स्याङ्जामा २३, अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा १०, पाल्पामा १२, प्यूठानमा ९, बर्दियामा १९, बाँकेमा ४६, रुपन्देहीमा ११०, कालिकोटमा २, जुम्लामा ४, दैलेखमा ६, रुकुमपश्चिममा ६, सुर्खेतमा २, अछाममा २, कञ्चनपुरमा १, कैलालीमा १८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङमा ६ र बैतडीमा ५ जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ। आज एकै दिनमा १३ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएकोमा सो मात्रामा कोरोना संक्रमित भेटिएको हो ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *