नेपाल लाईफका अभिकर्ता कमिशनमाथि कम्पनीको कैची

अभिकर्ताको कमिशन संघको खातामा जम्मा गरेको भन्दै बीमा समितिमा उजुरी
समाज अनलाइन
;
१९ कार्तिक २०७७, बुधबार २२:०९

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताले पाउने कमिशन अनाधिकृत रुपमा कट्टा गरी पेशागत बीमा अभिकर्ता संघको खाता पठाउने गरेको तथ्य फेला परेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको खाताबाट पेशागत बीमा अभिकर्ता संघको खातामा रकमान्तर गरिएको सम्बन्धमा सो संघका जिम्मेवार पदाधिकारीले स्वीकार गरेका छन् । अभिकर्ता संघका एक अधिकारीले समाज अनलाईनसँग भने, ‘नेपाल लाईफ इन्स्योरेन्सका अभिकर्ताबाट संघले बार्षिक शुल्क उठाउँदै आएको छ ।’

नेपाल लाईफ इन्स्योरेन्सले अनाधिकृत रुपमा बीमा अभिकर्ताले पाउने कमिशन बापतको रकम पेशागत अभिकर्ता संघको खातामा पठाएर अभिकर्तामाथि कम्पनीले कैची चलाएको भन्दै बीमा समितिमा उजुरी परेको छ ।

नेपाल लाईफ इन्स्योरेन्सकी अभिकर्ता भट्टले दर्ता गराएको उजुरीमा कम्पनीले अभिकर्ताको आम्दानीमाथि गलत तरिकाले दुरुपयोग गर्ने गरेको आरोप लगाएको छ । बीमा समितिमा आजै मात्रै उजुरी परेकोले सो सम्बन्धमा बीमा समितिले कुनै धारणा सार्वजनिक गरेको छैन ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *